काठमाडाैं– नेपाली विद्यालय तथा कलेज बास्केटबलको इतिहासमा प्रिमियर इन्टरनेशनल IB कन्टिन्युम स्कूलले नयाँ इतिहास रचेको छ ।
प्रिमियरले प्लस टु पुरूषको उपाधि जित्दै पहिलो HISSAN ललितपुर बास्केटबल प्रतियोगिताको पहिलो अपराजित च्याम्पियन बन्ने गौरव हासिल गर्यो। यस शानदार जितलाई अझ विशेष बनाउँदै प्रिमियर इन्टरनेशनलका IBDP देस्राे वर्षका विद्यार्थी प्रणय बास्सीलाई प्रतियोगिताको सर्वश्रेष्ठ खेलाडीको उपाधि प्रदान गरियो । जसले उनको उत्कृष्ट नेतृत्व र खेल कौशललाई सम्मान गर्यो।
प्रतियोगिताभरि प्रिमियर इन्टरनेशनलले रणनीतिक खेल, अनुशासन र टीमवर्क प्रदर्शन गर्दै देशको स्कूली बास्केटबलमा नयाँ मापदण्ड स्थापित गर्यो। फाइनलखेलमा प्रिमियरले लिटल एन्जल्स स्कूललाई पराजित गर्दै प्रिमियर इन्टरनेशनलले ट्रफी उचाल्न सफल भएकाे हाे।
अन्य विधाहरूमा पनि रोचक प्रतिस्पर्धा देखियो। प्लस टु केटीतर्फको फाइनलमा लिटल एन्जल्स स्कूलले ब्लूबर्ड स्कूललाई कडा प्रतिस्पर्धामा हराउँदै उपाधि जित्यो। त्यस्तै ब्याचलर केटाहरूको फाइनलमा ब्राइट फ्युचरकले जलेनगर्जुना कलेजलाई हराउँदै च्याम्पियन बन्यो।
युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले च्याम्पियन टिमहरूलाई ट्रफी प्रदान गर्दै उनीहरूको लगनशीलता र उत्कृष्टताको प्रशंसा गरे।
कार्यक्रममा नेपाल बास्केटबल संघ हिसानका अध्यक्ष भीमसिंह गुरुङ, HISSAN केन्द्रीय समिति महासचिव लोक ब. भण्डारी, सचिव ऋषि तिवारी, सहकोषाध्यक्ष नरेन्द्र, तथा HISSAN काठमाडौं अध्यक्ष जेसिका चेन्जुङ लगायतका अतिथिहरूको उपस्थिति रह्यो। उनीहरूको सहभागिताले नेपालका शैक्षिक संस्थाहरूमा बास्केटबलको बढ्दो प्रभावलाई उजागर गर्नुका साथै युवा खेलाडीहरूलाई प्रेरित गर्ने महत्त्वलाई समेत दर्शायो।
यस प्रतियोगिताले युवाखेलाडीहरूलाई आत्मविश्वास, प्रतिस्पर्धात्मक भावना, खेलकुदको उच्चतम स्तर प्रदर्शन गर्ने प्रेरणा दिएकोछ। आगामी वर्षहरूमा अझ धेरै रोमाञ्चक प्रतियोगिताहरू आउने अपेक्षा HISSAN ले गरेकाे छ ।
प्रतिक्रिया