बढ्यो सुनचाँदीको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

मंगलबार, २० फागुन २०८१, १० : ५९

काठमाडौं - नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य तोलामा एक हजार ४०० रुपैयाँले बढेको हो ।

मंगलबार यससँगै छापावाल सुनको मूल्य तोलामा सुन एक लाख ६९ हजार ५०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । अघिल्लो दिन सुनको मूल्य तोलामा १ लाख ६८ हजार १०० रुपैयाँमा कारोबार भएको थियो । 

यस्तै, आज चाँदीको २५  रुपैयाँले बढेको छ । सोमबार १ हजार ९१५ रुपैयाँ  कायम भएको चाँदीको मूल्य मंगलबार तोलामा एक हजार ९४० रुपैयाँ कायम भएको छ ।

मंगलबार, २० फागुन २०८१, १० : ५९

प्रतिक्रिया