आज पनि बढ्यो सुनचाँदीको भाउ, प्रतितोला कति ?

बुधबार, २१ फागुन २०८१, १० : ५६

काठमाडौं - नेपाली बजारमा बुधवार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार  बुधवार  सुनको मूल्य तोलामा ९ सय रुपैयाँले बढेको हो ।

बुधवार यससँगै छापावाल सुनको मूल्य तोलामा १ लाख ७० हजार ४ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ । अघिल्लो दिन सुनको मूल्य तोलामा १ लाख ६९ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । 

यस्तै, आज चाँदीको १० रुपैयाँले बढेको छ । मंगलबार १ हजार ९४० रुपैयाँ  कायम भएको चाँदीको मूल्य  बुधवार  तोलामा १ हजार ९५० रुपैयाँ कायम भएको छ ।
 

बुधबार, २१ फागुन २०८१, १० : ५६

प्रतिक्रिया