वर्ल्डलिंक कम्युनिकेसनले माग्यो विभिन्न पदमा कर्मचारी

विहीबार, २२ फागुन २०८१, १२ : ५६

काठमाडौं - वर्ल्डलिंक कम्युनिकेसनले विभिन्न स्थानमा रोजगारीका अवसरहरू खोलेको छ। 

कम्पनीले कालीमाटी र सितापाइला क्षेत्रका लागि एक-एक जना एचआर एडमिनिस्ट्रेटिभ एसिस्टेन्ट र बौद्ध, थली, बनेपा, कालीमाटी, ललितपुर, चपुर, गाईघाट, महेन्द्रनगर, सिन्धुली र लालबन्दीका लागि केही संख्यामा सेल्स रिप्रेजेन्टेटिभ माग गरेको हो।

एचआर एडमिनिस्ट्रेटिभ एसिस्टेन्टमाआवेदन दिने इच्छुकले स्नातक तह उत्तीर्ण गरेको हुनुपर्नेछ र सम्बन्धित मानव संसाधन र प्रशासनिक कार्यमा कम्तीमा १ वर्षको अनुभव आवश्यक छ।

सेल्स रिप्रेजेन्टेटिभको लागि इच्छुक व्यक्तिले इन्टरमिडियट उत्तीर्ण गरेको वा स्नातक तहको अध्ययन भइरहेको हुनुपर्नेछ। साथै, सम्बन्धित काममा ६ महिनाको अनुभव पनि आवश्यक छ।

एचआर एडमिनिस्ट्रेटिभ एसिस्टेन्ट पदमा आवेदन दिने इच्छुकले स्नातक तह उत्तीर्ण गरेको हुनुपर्नेछ भने सम्बन्धित मानव संसाधनरप्रशासनिक पदमा काम गरेको कम्तीमा १ वर्षको अनुभव भएको हुनुपर्नेछ। यस्तै, सेल्स रिप्रेजेन्टेटिभ पदको लागि इन्टरमिडिट उत्तीर्ण गरेको वा स्नातक तह पढ्दै गरेको हुनुपर्नेछ। 

एचआर एडमिनिस्ट्रेटिभ एसिस्टेन्ट पदमा आवेदन दिने इच्छुकले चैत २ गते र सेल्स रिप्रेजेन्टेटिभले फागुन चैत १० गतेसम्म आवेदन दिन सक्नेछन्।
 

विहीबार, २२ फागुन २०८१, १२ : ५६

प्रतिक्रिया