सहकारी बचतकर्ताको रकम यथाशीघ्र फिर्ता गर्नुपर्ने माग

विहीबार, २२ फागुन २०८१, १६ : ४५

काठमाडौं - सहकारी बचतकर्तासँग सम्बन्धित विभिन्न नौ वटा संघसस्थाले बचतकर्ताको रकम यथाशीघ्र फिर्ता गर्नुपर्ने माग गरेका छन् । 

सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान (महासंघ), लघुवित्त तथा वित्तीय शोषणविरुद्धको संघर्ष समिति, सत्य र न्यायको खोजी अभियानलगायत संघसंस्थाले आज यहाँ संयुक्त रूपमा पत्रकार सम्मेलन गरी बचतकर्ताको रकम यथाशीघ्र फिर्ता गरी रकम अपचलन गर्ने सञ्चालनकलाई कानुन बमोजिम कारबाही गर्नुपर्ने माग गरेका हुन् । 

सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान (महासंघ)का अध्यक्ष कुशलभ केसीले वर्षौँसम्म वित्तीय शोषण गर्ने सहकारी संस्थालाई कारबाही गर्दै पीडित सर्वसाधारणलाई न्याय दिने विषयमा सरकारले ढिला गर्न नहुने धारणा राखे । 

लघुवित्त तथा वित्तीय शोषणविरुद्धको संघर्ष समितिका अध्यक्ष मनिराम ज्ञवालीले पीडित न्यायका लागि निरन्तर संघर्षमा रहँदा पनि सरकारले न्याय दिन ढिलाइ गरिरहेको आरोप लगाए । 

वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीले पीडितको न्यायका लागि सरकारले आवश्यक रकमको कोष खडा गरेर उनीहरूलाई भुक्तानी गर्ने र अपचलन गर्ने संस्था तथा व्यक्तिलाई कारबाहीको दायरामा ल्याएर असुल गर्न सकिने सुझाव दिए । 

वित्तीय शोषणविरुद्ध किसान मजदुर आन्दोलनका संयोजक मिटरब्याजी समस्या समाधानका लागि सरकारसँग माग गरे ।

विहीबार, २२ फागुन २०८१, १६ : ४५

प्रतिक्रिया