काठमाडौं – माछापुच्छ्रे क्यापिटल लिमिटेडले क्यापिटलमा र्केटरमर्चेन्ट बैंकिङ विभागमा रोजगारीको अवसर घोषणा गरेको छ। एसिस्टेन्ट–सुपरभाइजर, एसिस्टेन्ट–सुपरभाइजर (म्यानेजमेन्ट ट्रेनी) र अफिसर पदमा नयाँ कर्मचारीको आवश्यकता परेको हो।
आवेदन दिने इच्छुक व्यक्तिहरूलाई निम्न योग्यता आवश्यक छ:
इच्छुकले मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातक तह उत्तीर्ण गरेको हुनु पर्नेछ।
एसिस्टेन्ट–सुपरभाइजर पदका लागि क्यापिटलमार्केटरमर्चेन्ट बैंकिङ विभागमा दुई वर्षको कार्य अनुभव आवश्यक छ।
एसिस्टेन्ट–सुपरभाइजर (म्यानेजमेन्ट ट्रेनी) पदमा इच्छुकले सम्बन्धित क्षेत्रमा दुई वर्षको कार्य अनुभव र अफिसर पदमा तीन वर्षको कार्य अनुभव हुनु पर्नेछ।
त्यसैगरी, अफिसर पदका लागि उमेर सीमा ४० वर्षभन्दा कम र एसिस्टेन्ट र सुपरभाइजर पदको लागि ३५ वर्षभन्दा कम हुनु पर्नेछ।इच्छुक उम्मेदवारहरूले चैत १० गतेसम्म आवेदन दिन सक्नेछन्।
प्रतिक्रिया