काठमाडौं - युगाण्डामा जारी वुमन्स डे कप क्रिकेटअन्तर्गत नेपालले आफ्नो दोस्रो खेलमा युगाण्डाबाट ७६ रनको लक्ष्य पाएको छ ।
टस हारेर पहिला ब्याटिङ गरेको युगान्डाले २० ओभरमा सात विकेट गुमाउँदै ७६ रन बनाएको हो । युगान्डाका लागि इमाकुलेट नाकिसुयीले सर्वाधिक २२ रन बनाएकी थिइन् ।
त्यस्तै, नेपाली बलर पूजा महतोले तीन र इन्दु बर्माले दुई विकेट लिएकी थिइन् । शनिवारदेखि सुरु भएको चारदेशीय सिरिजअन्तर्गत नेपालले पहिलो खेलमा नामिबियासँग हार व्यहोरेको थियो ।
प्रतिक्रिया