महिला टी-२० सिरिजः युगान्डामाथि नेपालको पहिलो जित

आइतबार, २५ फागुन २०८१, १६ : ०५

काठमाडौं- नेपालले चार देशीय महिला टी–२० सिरिजमा पहिलो जित निकालेको छ ।

युगान्डाको एन्टेब्बे क्रिकेट ओभल मैदानमा नेपालले घरेलु टोलीमाथि एक विकेटको जित निकालेको हो ।

युगान्डाले दिएको ७७ रनको लक्ष्य नेपालले एक बल अगावै पूरा गर्‍यो । युगान्डाको एन्टेब्बे क्रिकेट ओभलमा जारी खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको युगान्डाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ७६ रनको योगफल बनाएको थियो ।

आइतबार, २५ फागुन २०८१, १६ : ०५

प्रतिक्रिया