महिला टी–२० सिरिजमा आज नेपाल र हङकङ भिड्दै

सोमबार, २६ फागुन २०८१, १० : १८

काठमाडौं - चार देशीय महिला टी–ट्वान्टी क्रिकेटमा आज नेपाल हङकङबीच प्रतिस्पर्धा हुँदैछ । खेल युगाण्डाको एन्टेब्बे क्रिकेट ओभलमा नेपाली समय अनुसार अपराह्न पौने ५ बजे सुरु हुनेछ।

नेपाल र हङकङ दुवैले सिरिजमा एक जित र एक हारका साथ समान अंक हासिल गरेका छन्।  यस सिरिजमा नेपालले खेलेका दुई खेलमा एकमा जित र अर्कोमा हार बेहोरेको छ भने हङकङले पनि यस्तै प्रदर्शन गरेको छ।

नेपाल र हङकङ दुवै टोली आज दोस्रो जित निकाल्ने लक्ष्यका साथ मैदानमा उत्रिनेछन्। यसैगरी, नेपालको अर्को खेल फागुन २८ गते नामिबियासँग, फागुन २९ गते युगाण्डासँग र चैत १ गते पुनः हङकङसँग हुनेछ।

सोमबार, २६ फागुन २०८१, १० : १८

प्रतिक्रिया