तोलामा १ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?

सोमबार, २६ फागुन २०८१, १० : ४५

काठमाडौं - नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य तोलामा १ सय रुपैयाँले बढेको हो ।

सोमबार यससँगै छापावाल सुनको मूल्य तोलामा १ लाख ७० हजार ४०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । अघिल्लो दिन सुनको मूल्य तोलामा १ लाख ७० हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । 

यस्तै, आज चाँदीको भाउ स्थिर रहेको छ । आइतबार १ हजार ९८५ रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार पनि सोही मूल्यमा कारोबार भएको छ ।
 
 

सोमबार, २६ फागुन २०८१, १० : ४५

प्रतिक्रिया