काठमाडौँ- नेपाली बजारमा बुधबार सुनको मूल्य सामान्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढेको हो । आज सुन प्रतितोला १ लाख ७० हजार ५ सय रुपैयाँ कायम भएको छ। यसअघि मंगलबार सुनको मूल्य तोलामा १ लाख ६९ हजार ९०० रुपैयाँ कायम भएको थियो ।
यस्तै चाँदीको मूल्य पनि बढेको छ । मंगलबार तोलामा १ हजार ९७० रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार तोलामा ३० रुपैयाँ बढेर तोलामा २ हजार रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
प्रतिक्रिया