नेपाल उद्योग वाणिज्य महासंघको कोषाध्यक्षमा आचार्य मनोनीत

विहीबार, २९ फागुन २०८१, १० : २५

काठमाडौं - नेपाल उद्योग वाणिज्य महासंघको कोषाध्यक्ष पदमा भरतराज आचार्यलाई मनोनीत गरिएको छ। महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आचार्यलाई उक्त पदमा मनोनयन गरेका हुन्। 

आचार्यले यसअघि महासंघको उद्योग समिति सभापति, रोजगारदाता परिषद्को सहसभापति र स्थायी समिति सदस्यको रूपमा विभिन्न कार्यहरूमा योगदान गरेका छन्। आचार्यको एक दशकभन्दा लामो समयको अनुभव महासंघसँग छ, र उनी विभिन्न उत्पादनमूलक तथा प्रविधि आधारित औद्योगिक प्रतिष्ठानसँग पनि आबद्ध रहेका छन्। 

उनको १८ महिने कार्यकाल सकिएपछि महासंघमा कोषाध्यक्ष पद उक्त रिक्त थियो । आचार्यले अब महासंघमा कोषाध्यक्षको बाँकी कार्यकाल सम्हाल्ने छन् ।

विहीबार, २९ फागुन २०८१, १० : २५

प्रतिक्रिया