काठमाडौं- नेपालले महिला टी–२० सिरिजअन्तर्गत आज घरेलु टिम युगान्डासँग प्रतिस्पर्धा गर्दैछ ।
युगाण्डामा जारी चार देश सम्मिलित वुमन्स डे कपमा पाँचौं दिनको दोस्रो खेलमा घरेलु टोली युगाण्डा र नेपाल खेल्ने छन् । खेल अपराह्न पौने ५ बजेदेखि सुरु हुनेछ ।
जारी सिरिजमा नेपालले चार खेल खेल्दा एकमा मात्र जित हात पारेको छ । नेपालले भोलि अन्तिम खेलमा हङकङसँग खेल्नेछ ।
नेपाली टिमबाट इन्दु बर्मा (कप्तान), रुबिना क्षेत्री, पुजा महतो, अलिशा कुमारी यादव, बिन्दु रावल, सम्झना खड्का, ममता चौधरी, कविता जोशी, रिया शर्मा, सना प्रवीन, रोमा थापा, राजमती ऐरी, रचना चौधरी र ईश्वरी विष्ट खेल्ने छन् ।
प्रतिक्रिया