काठमाडौं - नेपाली बजारमा शुक्रवार सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रवार सुनको मूल्य तोलामा ४ हजार रुपैयाँले बढेको हो । शुक्रवार यससँगै छापावाल सुनको मूल्य तोलामा १ लाख ७४ हजार ५०० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन सुनको मूल्य तोलामा १ लाख ७० हजार ५०० रुपैयाँ कायम भएको थियो ।
यस्तै, आज चाँदीको ५० रुपैयाँले बढेको छ । बुधवार २ हजार रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रवार तोलामा २ हजार ५० रुपैयाँ कायम भएको छ ।
प्रतिक्रिया