काठमाडौं - फ्लोरिकल्चर एसोसिएसन नेपाल ९फ्यान० ले आजबाट काठमाडौंमा २६ औँ फ्लोरा एक्स्पोको आयोजना गरेको छ । फ्यानले पुष्प व्यवसायको व्यावसायिक विकास र प्रवर्द्धन गर्ने उद्देश्यले आजदेखि चार दिनसम्म भृकुटीमण्डप प्रदर्शनी हलमा २६ औँ फ्लोरा एक्स्पोको आयोजना गरिएको हो ।
'स्वच्छ वातावरण तथा आर्थिक समृद्धिका लागि पुष्प व्यवसाय' भन्ने मूल नाराका साथ आयोजना गरिएको एक्स्पोमा नर्सरी व्यवसायीहरूले उत्पादित गुणस्तरीय फूल र आलंकारिक बोटबिरुवाको प्रदर्शन र प्रतिस्पर्धा गर्ने छन्।
एक्स्पोको दौरान उत्कृष्ट स्टल, ल्याण्डस्केपिङ्ग, मौसमी फूल, आलंकारिक बिरुवा, फुल्ने बिरुवा, पुष्प सजावट र कट फ्लावर (जस्तै गुलाब, जरबेरा, कार्नेशन) विधामा पुरस्कार वितरण गरिने आयोजकले जनाएको छ।
यस वर्षको मेला विशेष रूपमा ८२ वटा प्रदर्शनी र बिक्री कक्षहरूको व्यवस्था गरिएको छ, जसमा आलंकारिक बोट बिरुवा, कट फ्लावर, सुनाखरी, कम्पोस्ट मल, फूलको गानो, बिउ बिजन, ग्रिनहाउस, कृषि औजार, उपकरण, प्याकेजिङ सामाग्री लगायतका उत्पादहरूको प्रदर्शन हुनेछ।
फ्लोरिकल्चर एसोसिएसन नेपालका वरिष्ठ उपाध्यक्ष एवं मेला संयोजक रामबहादुर तामाङका अनुसार, नेपालमा अहिले ५२ जिल्लामा लगभग २६० हेक्टर क्षेत्रफलमा पुष्प व्यवसाय भइरहेको छ। गत आर्थिक वर्षमा पुष्प तथा पुष्पजन्य वस्तुको वार्षिक निर्यात कारोबार रु १ करोड ३ लाख १२ हजार रहेको थियो भने आयात कारोबार रु २७ करोड ७९ लाखको थियो।
काठमाडौँ । फ्लोरिकल्चर एसोसिएसन नेपाल ९फ्यान० ले आजबाट काठमाडौंमा २६ औँ फ्लोरा एक्स्पोको आयोजना गरेको छ । फ्यानले पुष्प व्यवसायको व्यावसायिक विकास र प्रवर्द्धन गर्ने उद्देश्यले आजदेखि चार दिनसम्म भृकुटीमण्डप प्रदर्शनी हलमा २६ औँ फ्लोरा एक्स्पोको आयोजना गरिएको हो ।
'स्वच्छ वातावरण तथा आर्थिक समृद्धिका लागि पुष्प व्यवसाय' भन्ने मूल नाराका साथ आयोजना गरिएको एक्स्पोमा नर्सरी व्यवसायीहरूले उत्पादित गुणस्तरीय फूल र आलंकारिक बोटबिरुवाको प्रदर्शन र प्रतिस्पर्धा गर्ने छन्।
एक्स्पोको दौरान उत्कृष्ट स्टल, ल्याण्डस्केपिङ्ग, मौसमी फूल, आलंकारिक बिरुवा, फुल्ने बिरुवा, पुष्प सजावट र कट फ्लावर (जस्तै गुलाब, जरबेरा, कार्नेशन) विधामा पुरस्कार वितरण गरिने आयोजकले जनाएको छ।
यस वर्षको मेला विशेष रूपमा ८२ वटा प्रदर्शनी र बिक्री कक्षहरूको व्यवस्था गरिएको छ, जसमा आलंकारिक बोट बिरुवा, कट फ्लावर, सुनाखरी, कम्पोस्ट मल, फूलको गानो, बिउ बिजन, ग्रिनहाउस, कृषि औजार, उपकरण, प्याकेजिङ सामाग्री लगायतका उत्पादहरूको प्रदर्शन हुनेछ।
फ्लोरिकल्चर एसोसिएसन नेपालका वरिष्ठ उपाध्यक्ष एवं मेला संयोजक रामबहादुर तामाङका अनुसार, नेपालमा अहिले ५२ जिल्लामा लगभग २६० हेक्टर क्षेत्रफलमा पुष्प व्यवसाय भइरहेको छ।
गत आर्थिक वर्षमा पुष्प तथा पुष्पजन्य वस्तुको वार्षिक निर्यात कारोबार रु १ करोड ३ लाख १२ हजार रहेको थियो भने आयात कारोबार रु २७ करोड ७९ लाखको थियो।
प्रतिक्रिया