काठमाडौं- एनसेल नेपाल सुपर लिग (NSL) २०२५ ले नेपाली फुटबलप्रेमीहरूलाई रोमाञ्चित पार्ने गरी तेश्रो सिजनको खेलतालिका सार्वजनिक गरेको छ ।
चैत १६ गते बाट सुरु हुने यो सिजन एक महिना लामो कडा प्रतिस्पर्धाको फाइनल खेल भने बैशाख १३ २०८२ मा महाभिडन्तका साथ समापन हुनेछ। एनसेल शीर्ष प्रायोजक रहेको यस सिजनमा ललितपुर सिटी एफसी, काठमाडौं रेजर्स एफसी, पोखरा थन्डर्स एफसी, बुटवल लुम्बिनी एफसी, धनगढी एफसी, झापा एफसी र चितवन गरी नेपालका सात उत्कृष्ट टोलीहरू एनसेल एनएसएल उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्।
एनसेल एनएसएल २०२५ को पहिलो खेल सिजन १ को बिजेता काठमाडौं रेजर्स एफसी र सिजन २ को बिजेता ललितपुर सिटी एफसी बीचको भ्याली डर्बी रहनेछ। यो बहुप्रतीक्षित खेलले फुटबलप्रेमीहरूलाई रोमाञ्चित बनाउनेछ, यो भिडन्तले थप उत्साह र प्रतिस्पर्धात्मक भावना सिर्जना गर्नेछ र सिजन भर नै यो उत्साहलाई कायम राख्नेछ ।
यो रोमाञ्चक खेलसँगै सिजनको यात्रा सुरु हुनेछ, जहाँ प्रत्येक टोलीले च्याम्पियन बन्ने लक्ष्य राख्नेछ। अप्रिल २६, २०२५ को फाइनल खेलमा यस सिजनको विजेता घोषणा गरिनेछ।
नेपालको अग्रणी फुटबल मञ्च
नेपाल स्पोर्ट्स एण्ड इभेन्ट्स म्यानेजमेन्ट (NSEM) द्वारा आयोजित र अखिल नेपाल फुटबल संघ (ANFA) को प्राविधिक सहयोगमा सञ्चालित एनसेल एनएसएल नेपालको प्रमुख व्यावसायिक फुटबल लिग बनिसकेको छ। यो लिगले नेपाली फुटबलको स्तर उकास्ने, नयाँ प्रतिभा निखार्ने र दर्शकहरूलाई अविस्मरणीय क्षणहरू प्रदान गर्ने कार्यमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ
प्रतिक्रिया