सुनचाँदीको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार?

आइतबार, ०३ चैत्र २०८१, १० : ४८

काठमाडौं - नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य तोलामा ४ सय रुपैयाँले  घटेको हो ।

आइतबार यससँगै छापावाल सुनको मूल्य तोलामा १ लाख ७४ हजार १०० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन सुनको मूल्य तोलामा १ लाख ७४ हजार ५००  रुपैयाँ कायम भएको थियो । 

यस्तै, आज चाँदीको ५ रुपैयाँले घटेको । शुक्रवार २ हजार ५० रुपैयाँ कायम भएको चाँदीको मूल्य आइतबार  २ हजार ४५  रुपैयाँ कायम भएको छ ।
 

आइतबार, ०३ चैत्र २०८१, १० : ४८

प्रतिक्रिया