नारायणी डेभलपमेन्ट बैंकमा रोजगारीको अवसर

सोमबार, ०४ चैत्र २०८१, १२ : ३८

काठमाडौं - नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले विभिन्न पदका लागि कर्मचारी मागेको छ। बैंकले ब्रान्च म्यानेजर र आईटी सहायक पदमा केही संख्यामा कर्मचारी आवश्यकता भएको जनाएको छ।

बैंकको सूचना अनुसार, इच्छुक उम्मेदवारहरूले स्नातक तह उत्तीर्ण गरेको हुनुपर्ने छ। साथै, बैंक तथा वित्तीय क्षेत्रमा अनुभव भएका उम्मेदवारलाई बढी प्राथमिकता दिइने पनि उल्लेख गरिएको छ।

आवेदन दिन इच्छुक उम्मेदवारहरूले आवश्यक विवरण संकलन गरेर आगामी चैत १३ गतेभित्र बैंकको आधिकारिक इमेल मार्फत आवेदन दिन सक्ने छन्।
 

सोमबार, ०४ चैत्र २०८१, १२ : ३८

प्रतिक्रिया