काठमाडौं- नेपालको पहिलो फ्लाइओभर ग्वार्कोमा निर्माणाधीन ओभरपास निर्माणको काममा फेरि ढिलाइ भएको छ। करिब ८२ प्रतिशत निर्माण सम्पन्न भए तापनि, फ्लाइओभरको केही भाग भत्काएर पुनः निर्माण सुरु गरिएको छ। सडक विभागले मापदण्ड अनुरूप काम नगरेको भन्दै उक्त भाग भत्काउने निर्णय गरेको हो।
यो फ्लाइओभर परियोजना सवारी जाम र ट्राफिक समस्यालाई समाधान गर्नका लागि सुरु गरिएको थियो। २०७८ फागुन १२ गते निर्माण कार्यको शुभारम्भ भएको भए पनि, अहिले सम्म उक्त संरचना पूरा हुन सकेको छैन। योजना अनुसार एक वर्षभित्र सम्पन्न हुने भनिएको परियोजना अब चार वर्ष पछि पनि पूरा भएको छैन।
फ्लाइओभरको सातदोकाटो तर्फको करीव ४० मिटर जति भाग भत्काएर पुन बनाउने काम सुरु गरीएको छ । उक्त क्षेत्रको पर्खाल र माटो निकालेर जगबाटै नै पर्खाल लगाउनुपर्ने भएको छ। पर्खाल लगाएर माटोले भरिसकेको अवस्थाको फ्लाइओभर पुन भत्काइएको हो ।
प्रिकाष्ट प्यानल अर्थात् वालमा माटो हालेपछि चर्किएर ठूला चिरा देखिएकाले जुनसुकै बेला भत्किन सक्ने भएपछि ठेकेदारलाई भत्काएर बनाउन सडक विभाग ले निर्देशन दिएको हो । अहिले धमाधम भत्काइँदैछ । करिब ८२ प्रतिशत निर्माण पूरा भइसकेको ग्वार्को फ्लाइओभर याम्प भत्काउनुपर्ने हुँदा परियोजनाको प्रगति पनि प्रभावित भएको आयोजनाले जनाएको छ ।
फ्लाइओभरको कुल लम्बाइ ४५५ मिटरको हुनेछ भने ग्राउण्ड क्लियरेन्स ६ मिटर हुनेछ भने फ्लाइ ओभरमा सवारी साधन चढ्नका लागि १८० मिटर दायाँतर्फ र ११० मिटर बायाँतर्फ र्याम्प निर्माण हुनेछ।
२०७८ फागुन १२ गते सुरु भएको ठेक्का सम्झौताअनुसार २०८० फागुन ११ को अवधिमा निर्माण सम्पन्न गर्नुपर्ने थियो तर त्यस अवधिमा निर्माणकार्य सम्पन्न नभए पछि पुनः २०८१ पुस ८ गतेसम्म म्याद थप गरिएको थियो । तर सो अवधिमा निर्माण सम्पन्न हुन सकेन । यो भन्दा पहिला पनि डिजाइनमा समस्या आएकाले निर्माणकार्य रोकिएको थियो ।
स्थानीय श्यामलाल मगरका अनुसार, फ्लाइओभरको सातदोकाटो तर्फको करिब ४० मिटर भाग भत्काइँदै पुनः निर्माण भइरहेको छ। प्रिकाष्ट प्यानल(वाल)मा माटो हालेपछि चिरा देखा परेको कारण फ्लाइओभर जोखिमपूर्ण बनेको थियो। यसैले, सडक विभागले कामलाई रोक्दै भत्काएर पुनः निर्माण गर्ने निर्देशन दिएको हो।
यो परियोजनाको प्रगति प्रभावित हुँदा, ग्वार्कोको यातायात व्यवस्थापनमा थप समस्या आएको छ। स्थानीय नागरिकहरूले सवारी जामको समस्या बढेको गुनासो गर्दै आएका छन्। ‘प्रायजसो जाममा परिन्छ, १९२ घण्टा जाममा बिताउनुपर्छ। अब चाँडो सकिँदै होला भनेको थियौँ, तर समस्या आएको छ’, स्थानीय राम पराजुलीले भने।
गुणस्तर अनुसन्धान तथा विकास केन्द्रका सूचना अधिकारी प्रदीप भण्डारीका अनुसार ग्वार्को फ्लाइओभर याम्प भत्काएर पुनः निर्माण गर्न थालिसकिएको हो । ‘यो निमार्ण नयाँ कुरा हो अहिलो सम्म निर्माण नभएको कुरा बन्दै गर्दा ढिला सुस्ती हुन स्वाभाविकै हो । क्नट्याकर पनि नयाँ र निर्माण समिति पनि नयाँ भएकाले ढिला भएको हो,’उनले भने, ‘निर्माण व्यवसायले चैत मसान्त सम्ममा सक्ने बताएका छन्, तर कामका आधारमा भने अब लगभग डेढ महिना सम्ममा काम सकिनेछ ।’
पुस ८ गते म्याद सकियो अब म्याद थप नगरी छिटै काम सक्न लागेको उनले बताए । उनका अनुसार ठेकदारहरूले अहिले हजनामा काम गरिरहेका छन् । फ्लाइओभर निर्माणका लागी हाल सम्म ७ करोड ७७ लाख रुपियाँ सकिएको उनले बताएका छन् ।
फ्लाइओभरको कुल लम्बाइ ४५५ मिटर हुनेछ, जसको ग्राउण्ड क्लियरेन्स ६ मिटर रहनेछ। १८० मिटर दायाँ र ११० मिटर बायाँतर्फ र्याम्प बनाइने छ।
प्रतिक्रिया