चैत ७ गतेबाट १७औं धर्मश्री शारीरिक सुगठन प्रतियोगिता

सोमबार, ०४ चैत्र २०८१, १७ : १८

काठमाडौं- १७औं धर्मश्री शारीरिक सुगठन प्रतियोगिता चैत ७, ८ र ९ गते हुने भएको छ। 

प्रतियोगितामा मेन्स स्पोर्टस् फिजिक्स १७ सेमि ओभर अन्डर, वोमन्स वडिविल्डिङ र ५० वर्ष माथिका मास्टर खुल्ला राष्ट्रव्यापी शारीरिक सुगठन प्रतियोगिता गरी समूह विभाजन गरिएको छ । करिब ६०० जना खेलाडीहरूको सहभागिता रहने यस प्रतियोगितामा प्रत्येक समूहबाट ६ जना खेलाडीहरु छनौट गरिनेछ । 

करिब एक करोड रुपैयाँ अनुमानित खर्च रहने प्रतियोगिताको आयोजनाले शारीरिक सुगठन खेलको विकास तथा विस्तारमा कोशेढुंगा सावित हुने आयोजकले बताएको छ । 

f12c8007-f82d-4d0d-80f8-1cf88115e22e

नेपाल व्यायाम मन्दिरका अध्यक्ष नारायण प्रधानले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाह र भक्तविर सिंह तुलाधर फाउन्डेसनले १७औं धर्मश्रीलाई मेरुडण्डको रुपमा लिएको बताए । उनले भने,‘यस शारीरिक सुगठन खेल प्रतियोगिता निरन्तर आयोजना गरी खेलाडीहरुको हौसला बढाउने र खेलप्रति समर्पित रहन प्रोत्साहन गर्ने उद्देश्य राखेका छौँ ।’

साथै प्रतियोगिताले व्यापकता र लोकप्रियता पाउन संचार माध्यमको महत्वपुर्ण भुमिका रहने विश्वास पनि उनले व्यक्त गरेका छन् । 
 

सोमबार, ०४ चैत्र २०८१, १७ : १८

प्रतिक्रिया