काठमाडौं - नेपाली बजारमा मंगलबार सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य तोलामा ११ सय रुपैयाँले बढेको हो । मंगलबार यससँगै छापावाल सुनको मूल्य तोलामा १ लाख ७५ हजार २०० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन सुनको मूल्य तोलामा १ लाख ७४ हजार १०० रुपैयाँ कायम भएको थियो ।
यस्तै, आज चाँदीको १० रुपैयाँले बढेको छ । सोमबार २ हजार ४० रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार तोलामा २ हजार ५० रुपैयाँमा कायम भएको छ ।
प्रतिक्रिया