काठमाडौं - चालु आर्थिक वर्षको आठ महिनामा कालोपत्रे सडक निर्माण गर्न लिएको लक्ष्यमा जम्मा ८ प्रतिशत मात्रै प्रगति भएको सहरी विकास मन्त्रालयले जनाएको छ ।
चालु आर्थिक वर्ष २०८१\८२ मा सहरी विकास मन्त्रालयले १०० किलोमिटर ग्रामीण कालोपत्रे सडक निर्माण हुने लक्ष्य लिएको थियो । तर फागुन मसान्तसम्ममा ८.६ किलोमिटर मात्रै सडक निर्माण गरेको छ । झापा, रोल्पा र पर्वत गरी ३ जिल्लाहरूमा जम्मा ८।६ किमि निर्माण भएको मन्त्रालयले जनाएको छ ।
त्यसैगरी जम्मा ३० वटा स्थानीय सडक पुल निर्माण गर्ने लक्ष्य रहेकोमा ५ वटा मात्रै निर्माण गरेको मन्त्रालयले जनाएको छ । यसमध्ये १.गेरूका नदी पुल, सर्लाही, २.माडर पुल निर्माण, सिरहा न.पा., ३. तपोवन चौलानी नदी मोटरेवल पुल दार्चुला, ४. लिखु खोलापुल, सोलुखुम्बु र ५. सुखचैना बुधौराको पूर्व पुल सिरहा गरी ५ वटा सडकपुल निर्माण सम्पन्न भएको छ ।
त्यसैगरी ३३० वटा झोलुङ्गे पुल निर्माण गर्ने लक्ष्य रहेकोमा हालसम्म १६२ वटा झोलुङ्गे पुल निर्माण सम्पन्न भएको मन्त्रालयले सार्वजनिक गरेको रिपोर्टमा उल्लेख छ ।
प्रतिक्रिया