काठमाडौं - आयोजना कार्यान्वयन निर्देशनालय (PID) ले काठमाडौं उपत्यकाका विभिन्न स्थानमा रहेका १५ वटा पानी पोखरीहरूको व्यवस्थापन अत्याधुनिक प्रणाली Supervisory Control and Data Acquisition (SCADA) मार्फत गर्ने व्यवस्था गरेको छ ।
साथै, काठमाडौं उपत्यकाका अग्ला र होचा स्थानहरूमा रहेका पानी पोखरीहरूबाट प्रवाह हुने मेलम्चीको पानी समानुपातिक किसिमले वितरण गर्नका लागि PID बाट विच्छ्याइएका नयाँ वितरण सञ्जालका पाइपलाइनको सञ्चालन समेत SCADA मार्फत गर्ने व्यवस्था मिलाइएको छ ।
सोही व्यवस्था अनुसार काठमाडौं उपत्यका खानेपानी लिमिटेड (KUKL) को पानीपोखरीस्थित शाखा कार्यालयमा निर्माण गरिएको नियन्त्रण कक्ष (Control Room) बाट SCADA प्रणाली मार्फत पानी पोखरीहरूको व्यवस्थापन र वितरण सञ्जालको सञ्चालन गर्न थालिएको छ ।
साथै, SCADA प्रणाली मार्फत मेलम्चीको पानीको आपूर्ति सम्बन्धी विवरण सहितको प्रत्यक्ष जानकारी KUKL को केन्द्रीय कार्यालय, त्रिपुरेश्वरबाट समेत लिन सकिने व्यवस्था गरिएको छ । यसैगरी, SCADA प्रणाली मार्फत उपत्यकाका १५ वटै पानीपाखरीहरूमा पानीको धमिलोपना र क्लोरिन कन्टेन्ट परीक्षण गरी गुणस्तर मापन गर्ने व्यवस्था गरिएको छ ।
यस्तै, नमुनाका रूपमा चःमती र अनामनगर क्षेत्रका उपभोक्ताका घरहरूमा जडान गरिएका धाराहरूमा स्वचालित विद्युतीय मिटर जडान गर्ने कार्य समेत गरिएको छ ।
प्रतिक्रिया