नेपाल माइक्रो इन्स्योरेसमा राजगारीको अवसर

बुधबार, ०६ चैत्र २०८१, १० : ३६

काठमाडौं - नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले विभिन्न पाँच वटा स्थानका लागि मार्केटिङ विभागमा १-१ जना कर्मचारी माग गरेको छ। 

कम्पनीले चितवनका लागि अधिकृत र इटहरी, वीरगंज, बनेपा र विराटनगर १र१ जना वरिष्ठ सहायक माग गरेको छ। अधिकृतका लागि कम्तीमा स्नातक पास गरी सम्बन्धित काममा २ वर्षको अनुभव भएको र सहायकका लागि कम्तीमा प्लस टू पास गरी सम्बन्धित काममा २ वर्ष अनुभव भएको हुनु पर्नेछ।

उमेरको हकमा अधिकृतका लागि २१ वर्ष पूरा भई ४५ ननाघेको र सहायकका लागि १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनु पर्नेछ। योग्य तथा इच्छुक व्यक्तिले आगामी १५ दिन भित्र आवश्यक कागजात सहित दरखास्त आवेदन दिइसक्नु पर्नेछ।


 

बुधबार, ०६ चैत्र २०८१, १० : ३६

प्रतिक्रिया