काठमाडौं - नेपाली बजारमा बुधवार सुनको मूल्य सामान्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधवार सुनको मूल्य तोलामा आठ सय रुपैयाँले बढेको हो । बुधवार यससँगै छापावाल सुनको मूल्य तोलामा १ लाख ७६ हजार रुपैयाँ कायम भएको छ। अघिल्लो दिन सुनको मूल्य तोलामा १ लाख ७५ हजार २०० रुपैयाँ कायम भएको थियो ।
यस्तै, आज चाँदीको ५ रुपैयाँले घटेको छ । मंगलबार तोलामा २ हजार ५० रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधवार २ हजार ४५ रुपैयाँमा कायम भएको छ ।
प्रतिक्रिया