नेपालको वैदेशिक व्यापार १५.२९ प्रतिशतले बढ्यो

विहीबार, ०७ चैत्र २०८१, १५ : ११

काठमाडौं - चालु आर्थिक वर्ष २०८१\८२ को फागुन मसान्तसम्ममा १३ खर्ब ३७ अर्ब  ७४ करोड बराबरको वैदेशिक व्यापार भएको छ । 

गत वर्षको तुलनामा चालु आर्थिक वर्षको फागुन मसान्तसम्ममा १५.२९ प्रतिशतले वैदेशिक व्यापार बढेको छ । गत वर्षको सोही अवधिमा नेपालको वैदेशिक व्यापार ११ खर्ब ३० अर्ब ८४ करोड रुपैयाँ थियो।

चालु वर्षको ९ महिनामा कुल व्यापारको ११ खर्ब ४५ अर्ब ५६ करोड रुपैयाँ बराबरको आयात भएको छ भने, १ खर्ब ५८ अर्ब १७ करोड रुपैयाँ बराबरको निर्यात भएको छ। गत वर्षको तुलनामा आयातमा ११ प्रतिशतको वृद्धि भएको छ भने निर्यातमा ५७ प्रतिशतको उल्लेखनीय वृद्धि देखिएको छ। गत वर्षको सोही अवधिमा १० खर्ब ३० अर्ब २ करोड रुपैयाँ बराबरको आयात र १ खर्ब ६१ लाख रुपैयाँ बराबरको निर्यात भएको थियो।

भन्सार विभागको तथ्यांकअनुसार चालु वर्षको व्यापार घाटा ९ खर्ब ८७ अर्ब ३९ करोड रुपैयाँ पुगेको छ । गत वर्ष सोही अवधिमा ९ खर्ब २९ अर्ब ६० करोड व्यापार घाटा रहेको थियो ।
 

विहीबार, ०७ चैत्र २०८१, १५ : ११

प्रतिक्रिया