आठ महिनामा सात हजार विद्युतीय गाडी नेपाल भित्रिए

विहीबार, ०७ चैत्र २०८१, १५ : ५४

काठमाडौं- चालु आर्थिक वर्ष ०८१/०८२ को आठ महिनामा सात हजार विद्युतीय गाडी (ईभी) आयात गरिएको छ । 

भन्सार विभागको तथ्यांकअनुसार फागुन मसान्तसम्म ७ हजार ८९ वटा विद्युतीय गाडी नेपाल भित्र्याइएको हो । गत आर्थिक वर्षको आठ महिनासम्मको अवधिमा साढे ६ हजार वटा विद्युतीय सवारी आयात भएका थिए । 

यी गाडीको आयात मूल्य १६ अर्ब ६४ करोड ९६ लाख ९६ हजार रुपैयाँ छ । यसबाट सरकारले १० अर्ब २२ करोड ४३ लाख ७८ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।

आयात गरिएकामा सबैभन्दा धेरै ५१ देखि एक सय किलोवाट क्षमताका तीन हजार ८७९ गाडी छन् । यस्तै, ५० किलोवाटसम्मका दुई हजार ५३१२ ईभी भित्र्याइएको छ । यसअवधिमा ५० किलोवाटसम्म क्षमता भएका नौवटा एसेम्बल नगरिएका गाडी आयात गरिएको छ । 

आर्थिक वर्ष २०८०/०८१ मा ११ हजार ७ सय वटा विद्युतीय सवारी साधन (कार, भ्यान, जिप) आयात भएका थिए।

विहीबार, ०७ चैत्र २०८१, १५ : ५४

प्रतिक्रिया