काठमाडौं - कर्मचारी सञ्चय कोषले खुला प्रतिस्पर्धाबाट स्थायी पदपूर्तिका लागि प्रमुख सहायकदेखि प्रबन्धकसम्म ३८ जनाका लागि दरखास्त आह्वान गरेको छ ।
कोषले प्रशासनतर्फ प्रमुख सहायकमा २२ जना पदपूर्ति गर्न लागेको छ। सहायक प्रबन्धकतर्फ प्रशासन, कानुन र प्राविधिक तथा सूचना प्रविधिमा ११ जनाका लागि दरखास्त आह्वान गरिएको छ।
यसैगरी उपप्रबन्धतर्फ चार्टर्ड एकाउन्टेन्ट ३ जना र प्रशासनमा १ जना पदपूर्तिका लागि कोष दरखास्त खुलाएको छ। आठौँ तहको प्रबन्धकमा पनि प्रशासनतर्फ १ जना कोषले पदपूर्ति गर्ने भएको छ।
इच्छुक योग्य व्यक्तिले यो सूचना प्रकाशित मितिले २१ दिनभित्र र दोब्बर दस्तुर तिरी थप ७ दिनभित्र अनलाइनमार्फत आवेदन दिनुपर्नेछ।
प्रतिक्रिया