घट्यो सुनको मूल्य, आज कतिमा हुँदैछ किनबेच ?

शुक्रबार, ०८ चैत्र २०८१, १० : ५६

काठमाडौं - नेपाली बजारमा शुक्रवार सुनको मूल्य सामान्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रवार सुनको मूल्य तोलामा १ हजार रुपैयाँले घटेको हो । शुक्रबार यससँगै छापावाल सुनको मूल्य तोलामा १ लाख ७५ हजार रुपैयाँ कायम भएको छ। अघिल्लो दिन सुनको मूल्य तोलामा १ लाख ७६ हजार रुपैयाँ कायम भएको थियो । 

यस्तै, आज चाँदीको ३५ रुपैयाँले घटेको छ  । बिहीबार तोलामा २ हजार ३० रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रवार १ हजार ९९५ रुपैयाँमा कायम भएको छ । 

शुक्रबार, ०८ चैत्र २०८१, १० : ५६

प्रतिक्रिया