आठ महिनामा भित्रियो ४ करोड बढीको प्लास्टिकका सामान

शुक्रबार, ०८ चैत्र २०८१, १२ : ५४

काठमाडौं - नेपालमा चालु आर्थिक वर्षको आठ महिनामा प्लास्टिकका सामान  ४ करोड २८ ६५ १३७ रुपैयाँको प्लास्टिकका सामान आयात भएको छ । गत आवको सोही अवधिमा ३ करोड ९९लाख ७० हजार रुपैयाँको आयात भएको थियो ।

भन्सार विभागका अनुसार,  फागुनसम्मको अवधिमा नेपालबाट ८ लाख ८९ हजार ८११ बराबरको  प्लास्टिकका सामान निर्यात भएको छ । गत आर्थिक वर्षको फागुन सम्मको अवधिमा १० लाख १ हजार ९सयको निर्यात भएको थियो ।

त्यस्तै, फागुनसम्मको अवधिमा निर्यातभन्दा ४ करोड १९ लाख ७५ हजार ३२६ रुपैयाँ बढीको आयात भएको छ । गत आर्थिक वर्षको फागुनसम्ममा निर्यातभन्दा ३ करोड ८९ लाख ६८ हजार १ सय बढीको आयात भएको थियो ।

प्लास्टिकका सामानबाट राज्यले १ करोड१८ लाख ८१ हजार ३७८बराबरको राजस्व राजस्व संकलन गरेको छ । गत आवको सोही अवधिमा १ करोड ९ लाख ८१ हजार ७सय राजस्व संकलन भएको थियो । 

शुक्रबार, ०८ चैत्र २०८१, १२ : ५४

प्रतिक्रिया