घट्यो सुनको मूल्य, आज कतिमा हुँदैछ किनबेच ?

आइतबार, १० चैत्र २०८१, १० : ५५

काठमाडौं-  नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य तोलामा ९ सय रुपैयाँले घटेको हो । आइतबार यससँगै छापावाल सुनको मूल्य तोलामा १ लाख ७४ हजार १०० रुपैयाँ कायम भएको छ। शुक्रबार सुनको मूल्य तोलामा १ लाख ७५ हजार रुपैयाँ कायम भएको थियो । 

यस्तै, आज चाँदीको ५ रुपैयाँले घटेको छ । शुक्रबार तोलामा १ हजार ९९५ रुपैयाँ कायम भएको चाँदीको मूल्य आइतबार तोलामा १ हजार ९८० रुपैयाँ कायम भएको महासंघको भनाइ छ । 

आइतबार, १० चैत्र २०८१, १० : ५५

प्रतिक्रिया