घट्यो सुनको मूल्य, आज कतिमा हुँदैछ किनबेच ?

सोमबार, ११ चैत्र २०८१, १० : ४५

काठमाडौं - नेपाली बजारमा सोमबार सुनको मूल्य सामान्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य तोलामा ६०० रुपैयाँले घटेको हो । सोमबार यससँगै छापावाल सुनको मूल्य तोलामा १ लाख ७३ हजार ५०० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन सुनको मूल्य तोलामा  १ लाख ७४ हजार १०० रुपैयाँ कायम भएको थियो । 

यस्तै, आज चाँदीको मूल्य स्थिर रहेको छ । आइतबार १ हजार ९८० रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार पनि सोही मूल्यमा कायम भएको छ । 

सोमबार, ११ चैत्र २०८१, १० : ४५

प्रतिक्रिया