काठमाडौं - नेपाली बजारमा मंगलबार सुनको मूल्य सामान्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य तोलामा दुई सय रुपैयाँले घटेको हो । मंगलबार यससँगै छापावाल सुनको मूल्य तोलामा १ लाख ७३ हजार ३ सय रुपैयाँ कायम भएको छ। अघिल्लो दिन सुनको मूल्य तोलामा१ लाख ७३ हजार ५ सय रुपैयाँ कायम भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य स्थिर रहेको छ । सोमबार १ हजार ९८० रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार पनि सोही मूल्यमा कायम भएको छ ।
प्रतिक्रिया