सुनको भाउमा सामान्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?

बुधबार, १३ चैत्र २०८१, १० : ४८

काठमाडौं - नेपाली बजारमा बुधवार सुनको मूल्य सामान्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधवार सुनको मूल्य तोलामा दुई सय रुपैयाँले बढेको हो । बुधवार यससँगै छापावाल सुनको मूल्य तोलामा १ लाख ७३ हजार ५०० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन सुनको मूल्य तोलामा १ लाख ७३ हजार ३०० रुपैयाँ कायम भएको थियो । 

यस्तै, आज चाँदीको मूल्य पनि सामान्य बढेको छ । मंगलबार तोलामा १ हजार ८८० रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधवार १ हजार ९९० रुपैयाँ कायम भएको हो । 

बुधबार, १३ चैत्र २०८१, १० : ४८

प्रतिक्रिया