दलित समुदायलाई आत्मनिर्भर बनाउन ‘सीपमूलक तालिम’

विहीबार, १४ चैत्र २०८१, ११ : ५९

काठमाडौं - भोजपुरको टेम्केमैयुङ गाउँपालिकाले दलित समुदायलाई ‘व्यावसायिक सीपमूलक कार्यक्रम’ सुरु गरेको छ ।  न्यून आय भएकालाई आर्थिक रुपमा सक्षम, उद्यमशीलसँगै आत्मनिर्भर बनाउन कार्यक्रम थालेको हो । 

गाउँपालिकाले दलित समुदायका सदस्यलाई आत्मनिर्भर बनाउन १५ दिने मुढा बनाउने तालिम सञ्चालन गरेको गाउँपालिका उपाध्यक्ष रमादेवी राईले बताए ।आर्थिक रुपमा कमजोर वर्गलाई पालिकाले आयआर्जनका विविध कार्यक्रममा सहभागी गराउन यस्ता सीपमूलक कार्यक्रम सञ्चालन गर्दै आएको उनले बताए ।

पालिकाले महिलाहरूलाई अचार बनाउने, ढाका बुनाइ, सिलाइकटाइ, बेमौसमी सागसब्जी खेती, बङ्गुरपालन, बाख्रापालन, कुखुरा पालनलगायत कार्यक्रम सञ्चालन गरिरहेको उपाध्यक्ष राईले जानकारी दिए ।
 

विहीबार, १४ चैत्र २०८१, ११ : ५९

प्रतिक्रिया