एचआईडीसीएलले माग्यो प्रमुख कार्यकारी अधिकृत

शुक्रबार, १५ चैत्र २०८१, १० : ५६

काठमाडौं - हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड ९एचआईडीसीएल०ले प्रमुख कार्यकारी अधिकृतको पदको लागि योग्य तथा इच्छुक नेपाली नागरिकबाट दरखास्त आह्वान गरेको छ।

कम्पनीले खुला प्रतिस्पर्धाद्वारा पदपूर्ति गर्ने योजना बनाएको हो, जसको लागि उम्मेदवारले विभिन्न शैक्षिक योग्यताका साथसाथै विशेष अनुभव पनि प्रस्तुत गर्नु पर्नेछ। 

उम्मेदवारले जनप्रशासन, व्यवस्थापन, व्यापार, वित्त, अर्थशास्त्र, इन्जिनियरिङ, कानून, वाणिज्य र कम्पनी कानून मध्ये कुनै एक विषयमा पहिलो श्रेणीमा स्नातकोत्तर डिग्री हासिल गरेको हुनुपर्छ। साथै, बैंक, वित्तीय क्षेत्र, कोष व्यवस्थापन वा इन्जिनियरिङ क्षेत्रको कुनै पनि क्षेत्रमा कम्तीमा सात वर्षको कार्यअनुभव प्राप्त गर्नुपर्ने छ।

त्यसैगरी, चार्टर्ड एकाउन्टेन्सीको डिग्री प्राप्त गरेका र नेपाल चार्टर्ड एकाउन्टेन्सी संस्थाको सदस्यता लिएका व्यक्तिहरूलाई विशेष प्राथमिकता दिइने कम्पनीले जनाएको छ। चार्टर्ड एकाउन्टेन्सी सम्बन्धी काममा कम्तीमा दश वर्षको अनुभव आवश्यक हुनेछ।

आवेदन गर्न इच्छुक उम्मेदवारको उमेर ३५ वर्ष पूरा भई ५५ वर्ष ननाघेको हुनुपर्नेछ। इच्छुक नेपाली नागरिकलाई आगामी १५ दिन भित्र आवेदन पेश गर्नुपर्नेछ।

शुक्रबार, १५ चैत्र २०८१, १० : ५६

प्रतिक्रिया