सुनको मूल्यमा नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार ?

आइतबार, १७ चैत्र २०८१, १० : ४८

काठमाडौं - नेपाली बजारमा आइतबार सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार  सुनको मूल्य तोलामा ६०० रुपैयाँले बढेको हो । आइतबार यससँगै छापावाल सुनको मूल्य तोलामा १ लाख ७६ हजार ८०० कायम भएको छ। अघिल्लो दिन सुनको मूल्य तोलामा १ लाख ७६ हजार २०० रुपैयाँ कायम भएको थियो । 

यस्तै, आज चाँदीको मूल्य १५ रुपैयाँले बढेको छ ।  शुक्रवार २ हजार ४० रुपैयाँ कायम भएको चाँदीको मूल्य आइतबार २ हजार २५ रुपैयाँ कायम भएको हो । 
 

आइतबार, १७ चैत्र २०८१, १० : ४८

प्रतिक्रिया