काठमाडौं - ग्लोबल आइएमई बैंक लिमिटेडले म्यानेजमेन्ट ट्रेनी पदमा केही संख्याले कर्मचारी माग गरेको छ ।
बैंकका अनुसार उक्त पदमा आवेदन दिनको लागि स्नातकोत्तर तह कम्तीमा २.७५ जिपीए नतिजा ल्याई उत्तीर्ण गरेको हुनुपर्ने छ । सो पदमा २१ वर्षदेखि ४० वर्ष सम्मका व्यक्तिहरुले आवेदन दिन सक्ने छन् ।
इच्छुक व्यक्तिले आवेदन दिनको लागि बैंकको आधिकारिक वेबसाइट अर्थात् विज्ञापनमा उल्लेख गरेको क्युआर स्क्यान गरी आवेदन दिन सकिन्छ ।
प्रतिक्रिया