सुनको मूल्यमा नयाँ रेकर्ड, आज कतिमा हुँदैछ कारोबार?

सोमबार, १८ चैत्र २०८१, १० : ५०

काठमाडौं - नेपाली बजारमा सोमबार सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य तोलामा १ हजार १०० रुपैयाँले बढेको हो । सोमबार यससँगै छापावाल सुनको मूल्य तोलामा १ लाख ७७ हजार ९०० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन सुनको मूल्य तोलामा १ लाख ७६ हजार ८०० रुपैयाँ कायम भएको थियो । 

यस्तै, आज चाँदीको मूल्य १० रुपैयाँले बढेको छ । आइतबार २ हजार २५ रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार २ हजार ३५ रुपैयाँ कायम भएको हो । 
 

सोमबार, १८ चैत्र २०८१, १० : ५०

प्रतिक्रिया