आईपीएल क्रिकेटमा आज लखनउ र पन्जाब खेल्दै

मंगलबार, १९ चैत्र २०८१, १२ : ००

काठमाण्डौ – इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा आज लखनउ सुपर जायन्ट्स र पञ्जाब किङ्ग्स खेल्दैछन् । लखनउमा हुने खेल नेपाली समयअनुसार बेलुका पौने ८ बजे शुरू हुनेछ ।

दुई खेलमा एकमा जीत र एकमा हार बेहोरेको लखनउ २ अंकका साथ तालिकाको तेस्रो स्थानमा छ । एउटा खेल खेलेको पञ्जाब खेल जितेर २ अंकका साथ पाँचौं स्थान छ । आईपीएल क्रिकेटमा १० टोली सहभागी छन् । 

 
 
मंगलबार, १९ चैत्र २०८१, १२ : ००

प्रतिक्रिया