काठमाडौं - मध्यपश्चिम विश्वविद्यालयले विभिन्न पदहरूमा कर्मचारी माग गरेको छ।
विश्वविद्यालयको ग्र्याजुएट स्कूल अफ एग्रिकल्चर एण्ड फरेष्टी, केन्द्रीय विभाग सुर्खेतमा ७ जना उप(प्राध्यापक पदका लागि आवेदन आह्वान गरिएको हो।
इच्छुक उम्मेदवारलाई मान्यता प्राप्त शैक्षिक संस्थाबाट सम्बन्धित विषयमा स्नाकोत्तर तहमा ५० प्रतिशत वा २.५० सिजिपिए ल्याएर उत्तीर्ण गरेको हुनु पर्नेछ। आवेदनको लागि इच्छुक व्यक्तिहरूलाई दुई हजार रुपैयाँ आवेदन दस्तुर तिर्नु पर्नेछ।
इच्छुकले वैशाख ५ गतेभित्र आवेदन दिन सक्नेछन्।
प्रतिक्रिया