सुनको मूल्यमा नयाँ रेकर्ड, आज कतिमा हुँदैछ किनबेच ?

विहीबार, २१ चैत्र २०८१, १० : ४५

 काठमाडौं - नेपाली बजारमा बिहीबार सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य तोलामा १२०० रुपैयाँले बढेको हो । बिहीबार यससँगै छापावाल सुनको मूल्य तोलामा १ लाख ८० हजार ३०० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन सुनको मूल्य तोलामा १ लाख ७९ हजार १०० रुपैयाँ कायम भएको थियो । 

यस्तै, आज चाँदीको मूल्य २५ रुपैयाँले घटेको छ ।  बुधवार  २ हजार २० रुपैयाँ  कायम भएको चाँदीको मूल्य बिहीबार १ हजार ९९५ रुपैयाँ कायम भएको हो । 

विहीबार, २१ चैत्र २०८१, १० : ४५

प्रतिक्रिया