हङकङमा हुने टी–२० अन्तर्राष्ट्रिय शृंखलाका लागि नेपाली टोलीको घोषणा

शनिबार, २३ चैत्र २०८१, १५ : ३४

काठमाण्डौ – नेपाल क्रिकेट सङ्घ क्यानले हङकङमा हुने टी–२० अन्तर्राष्ट्रिय शृंखलाका लागि १४ जना खेलाडीको नाम सार्वजनिक गरेको छ ।

शृंखलाका लागि क्यानले लोकेश बम, साहब आलम र बसिर अहमदलाई लामो समयपछि टोलीमा राखिएको छ । यस्तै नन्दनकुमार झा पहिलो पटक राष्ट्रिय टोलीमा पर्न सफल भएका छन् ।

क्यानले रोहित पौडेलको कप्तानीमा आसिफ शेख, कुशल भुर्तेल, लाकेस बम, बसिर अहमद, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, ललित राजवंशी, सोमपाल कामी, करण केसी, साहब आलम, नन्दन यादव, रिजन ढकाल र गुल्शनकुमार झासहित १४ सदस्यीय टोली घोषणा गरेको छ ।

यही चैत २७ गतेदेखि ३१ गतेसम्म हुने शृंखलामा नेपाल र घरेलु टोली हङकङसहित कतार र कुवेतले सहभागिता जनाउने छन् । नेपालले पहिलो दिन कतारसँग खेल्दै प्रतियोगिताको शुरुआत गर्नेछ । दोस्रो खेल २७ गते कुवेत र तेस्रो खेल ३० गते हङकङसँग खेल्नेछ ।

लिग चरणमा शीर्ष दुई टोलीले फाइनल खेल्ने छन् । तेस्रो र चौथो स्थानमा रहने टोलीले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछन् ।

 
शनिबार, २३ चैत्र २०८१, १५ : ३४

प्रतिक्रिया