सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

आइतबार, २४ चैत्र २०८१, १० : ५७

काठमाडौं - नेपाली बजारमा आइतबार सुनको मूल्यमा गिरावट आएको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य तोलामा १९०० रुपैयाँले घटेको हो ।आइतबार यससँगै छापावाल सुनको मूल्य तोलामा  १ लाख ७४ हजार ५०० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन सुनको मूल्य तोलामा १ लाख ७६ हजार ४०० रुपैयाँ कायम भएको थियो । 

यस्तै, आज चाँदीको मूल्य ७० रुपैयाँले घटेको छ । शुक्रवार १ हजार ८७० रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार आइतबार १८०० कायम भएको हो । 
 

आइतबार, २४ चैत्र २०८१, १० : ५७

प्रतिक्रिया