सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ किनबेच ?

सोमबार, २५ चैत्र २०८१, १० : ५२

काठमाडौं - नेपाली बजारमा सोमबार सुनको मूल्यमा गिरावट आएको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य तोलामा ७ सय रुपैयाँले घटेको हो । सोमबार यससँगै छापावाल सुनको मूल्य तोलामा १ लाख ७३ हजार ८०० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन सुनको मूल्य तोलामा १ लाख ७४ हजार ५०० रुपैयाँ कायम भएको थियो । 

यस्तै, आज चाँदीको मूल्य ३० रुपैयाँले बढेको छ । आइतबार १८०० रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार १८३० कायम भएको हो । 
 

सोमबार, २५ चैत्र २०८१, १० : ५२

प्रतिक्रिया