घट्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?

मंगलबार, २६ चैत्र २०८१, १० : ५१

काठमाडौं - नेपाली बजारमा मंगलबार सुनको मूल्य सामान्य घटेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य तोलामा ४ सय रुपैयाँले घटेको हो । मंगलबार यससँगै छापावाल सुनको मूल्य तोलामा १ लाख ७३ हजार ४०० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन सुनको मूल्य तोलामा १ लाख ७३ हजार ८०० रुपैयाँ कायम भएको थियो । 

यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । सोमबार १८३० कायम भएको चाँदीको मूल्य मंगलबार पनि सोही मूल्यमा कारोबार भएको हो ।


 

मंगलबार, २६ चैत्र २०८१, १० : ५१

प्रतिक्रिया