काठमाण्डौ – इन्डियन प्रिमियर लिग आईपीएलक्रिकेटमा आज दुई वटा खेल हुँदैछन् । पहिलो खेलमा कोलकाता नाइट राइडर्स र लखनउ सुपर जायन्ट्स खेल्दैछन् ।
इडेन गार्डेन्समा हुने यो खेल दिउँसो पौने ४ बजे शुरू हुनेछ । यस्तै आजको दोस्रो खेलमा पन्जाब किङ्ग्स र चेन्नई सुपर किङ्ग्सबीच प्रतिस्पर्धा हुँदैछ । मुल्लानपुरमा हुने यो खेल बेलुका पौने ८ बजे शुरू हुनेछ ।
कोलकाता ४ खेलमा ४ अंक सहित तालिकाको पाँचौं र लखनउ ४ खेलमा ४ अङ्कसहित नेट रनरेटका आधारमा छैटौं स्थानमा छ । यस्तै ३ खेलमा ४ अंक रहेको पन्जाब चौथो र ४ खेलमा २ अंक रहेको चेन्नई नवौं स्थानमा छ ।
प्रतिक्रिया