आईपीएलमा आज गुजरात र राजस्थान खेल्दै

बुधबार, २७ चैत्र २०८१, १४ : ५०


काठमाण्डौ – इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा आज राति गुजरात टाइटन्स र राजस्थान रोयल्स खेल्दैछन् । यो खेल बेलुकी पौने ८ बजे अहमदाबादमा शुरू हुनेछ ।

आईपीएलमा यी दुई टोलीबीच अहिलेसम्म ६ पटक भेट भएकोमा गुजरात ५ र राजस्थान १ खेलमा विजयी भएको छ । गुजरात ४ खेलमा ६ अंक सहित तालिकाको दोस्रो स्थानमा छ । राजस्थान ४ खेलमा ४ अंकसहित सातौं स्थानमा छ ।

 
 
 
 
बुधबार, २७ चैत्र २०८१, १४ : ५०

प्रतिक्रिया