दुलेगौडा–हर्कपुर मार्ग धमाधम कालोपत्र गरिँदै

विहीबार, २८ चैत्र २०८१, १० : ४६

काठमाडौं - तनहुँको  शुक्लागण्डकी नगरपालिका–४ दुलेगौडा हर्कपुर मोटरमार्गअन्तर्गत बेसारेगौडा खण्डमा ट्रयाक खुलेको ३१ वर्षपछि कालोपत्र गर्न थालिएको छ । 

शुक्लागण्डकी नगरपालिकाले रु दुई करोड दुई लाख छुट्याएर सडक कालोपत्र गर्न थालेको हो । शुक्लागण्डकी नगरपालिकाका प्रमुख कृष्णराज पण्डितले पहिलो चरणमा आठ सय मिटर कालोपत्र र दुई सय मिटर ढलान गरिने जानकारी दिए । नगर क्षेत्रका सडक क्रमशः  स्तरोन्नति गरिने उनले बताए । 

विहीबार, २८ चैत्र २०८१, १० : ४६

प्रतिक्रिया