चारदेशीय टी–२० आई सिरिज : आज नेपाल र हङकङ भिड्दै

शनिबार, ३० चैत्र २०८१, १० : ४४

काठमाडौं - हङकङमा जारी चारदेशीय टी–२० आई सिरिजअन्तरगत नेपाल आज घरेलु टोली हङकङसँग प्रतिस्पर्धा गर्दै छ ।

जारी प्रतियोगितामा लगातार दुई खेल जित्दै अपराजित यात्रा कायमै राखेको नेपालले फाइनलमा पुग्नको लागि हङकङसँग प्रतिस्पर्धा गर्न लागेको हो । यो खेल हङकङको टिन क्वाङ रोड रिक्रिएशन ग्राउण्डमा नेपालको समयानुसार बिहान ११ः१५ बजे सुरु हुनेछ । 

नेपालले आफ्नो पहिलो खेलमा गत बुधबार कतारलाई ८ विकेट हराएको थियो भने दोस्रो खेलमा नेपालले कुवेतलाई ६ विकेटले हराएको थियो । यता, हङकङ भने आफ्नो पहिलो खेलमा कुवेतसँग पराजित भएको थियो भने दोस्रो खेलमा हङकङले कतारलाई ६८ रनले हराएको थियो । 

दुवै खेलमा दुवै खेल जितेको नेपाल ४ अंकसहित तालिकाको शीर्षस्थानमा छ । दुई खेलमा एक खेलमा पराजित र एक खेलमा विजयी हासिल गरेको हङकङ दुई अंकसहित दोस्रो र कुवेत दुई अंकसहित तेस्रो स्थानमा छ । दुवै खेलमा हार बेहोरेको कतार शून्य अंकसहित तालिकाको पुछारमा छ । 

शनिबार, ३० चैत्र २०८१, १० : ४४

प्रतिक्रिया